अर्थ

मोटरसाइकल, मोबाइल, मदिरा, टेलिभिजन नेपाल आयात गर्न बन्देज

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सरकारले विभिन्न १० प्रकारका सामानहरु नेपाल आयात गर्न रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा मंगलबार सूचना प्रकाशित गर्दै असार मसान्तसम्म विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।
मन्त्रालयले वैशाख १३ गतेअगाडि नै बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज नगरिएको सचिव डा. गणेशप्रसाद पाण्डले जनाएका छन् । कूटनीतिक नियोगका अधिकारीहरुलाई भने सामान ल्याउन बन्देज लागू नहुने राजपत्रमा उल्लेख छ ।

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु
२. सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थ बाहेक)
३. चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ बाहेक)
४. हिरा (औद्योगिक कच्चा पदार्थ बाहेक)
५. मोबाइल सेट
६. रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका)
७. जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शवबाहन बाहेक)
८. मोटरसाइकल २५० सीसीभन्दा माथिका
९. सबै प्रकारका खेलौनाहरु
१०. खेल्ने तास
भन्सार विभागका अनुसार चैतसम्म १४ खर्ब ६६ अर्ब रुपैयाँको आयात भएको छ। चैतमा एक महिनामै १ खर्ब ५७ अर्ब रुपैयाँको आयात भएको विभागको तथ्यांक छ। यो गत वर्षको सोही अवधिको तुलनामा ३१.९७ प्रतिशत बढी हो।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।