आजदेखि पानी पर्ने क्रम बढ्ने

काठमाण्डौ । आजदेखि पानी पर्ने क्रम बढ्ने भएको छ । देशका केही ठाउँमा फाट्टफुट्ट पानी पर्दै आएकोमा आजदेखि धेरै ठाउँमा पानी पर्न सुरु हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको बिहारमा बनेको न्यून चापीय प्रणाली, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशका धेरैजसो पहाडी क्षेत्रमा आज पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।
आज प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका धेरैजसो पहाडी क्षेत्र र तराईका केही ठाउँमा पानी पर्ने उहाँले बताउनुभयो । यो हप्तादेखि पानी पर्ने क्रम बढ्दै जाने र तापक्रम घट्ने मौसमविद् महर्जनले बताउनुभयो ।

अहिले देशका केही ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्दा जनजीवन प्रभावित भएको छ । सरकारले सावधानी अपनाउन आग्रह गरेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
