राष्ट्रिय समाचार

जिल्ला प्रशासनद्वारा अछाम सदरमुकाम बजार अनुगमन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम । जिल्ला प्रशासन कार्यालय अछामले आज बजार क्षेत्रको अनुगमन गरेको छ ।

मंगलसेन नगरपालिकाको कार्यालय, उद्योग वाणिज्य संघ अछाम र घरेलु तथा साना उद्योग कार्यालय लगायतको सहयोगमा मंगलसेन नगरपालिका वडा नम्बर ५ स्थित मंगलसेन बजार क्षेत्रमा अनुगमन गरिएको हो ।
अनुगमनमा १६ वटा किराना पसलको अनुगमन गरिएको थियो । अनुगमन गरिएका अधिकांश पसलमा मूल्य सूचि टाँस नगरेको, साइन बोर्ड नराखेको, म्याद गुज्रेको सामान भेटिएको जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत मीनराज आचार्यले बताउनु भएको छ ।

बिज्ञापन

सुजी, आटा, चिउरा, बिस्कुट, दालमोट, सुर्ती लगायतका म्याद गुज्रेको बरामद गरिएको हो । अनुगमनको क्रममा उपभत्ताले पसलबाट सामान किन्दा म्याद हेरेर मात्रै सामान किन्न अधिकृत आचार्यले सुझाव दिनुभएको छ ।
व्यापारीहरूलाई तत्काल सुधार गर्न प्रतिबद्धता गराई सुझाव दिइएको जिल्ला प्रशासन कार्यालयका अधिकृत आचायले जानकारी दिनुभयो । अर्को अनुगमनमा यस्तो बस्तु भेटिए कानुन बमोजिम कारबाही गरिने चेतावनी दिनु भएको छ ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत दिपेश रिजाल, लगायत नगरपालिकाका कर्मचारी, घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारी, पत्रकार लगाएको उपस्थिति रहेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।