राजनीति

धनगढीमा मेयरका उम्मेदवारसहित २५ जनाले लिए उम्मेदवारी फिर्ता
स्वतन्त्रबाट गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्ट यथावत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा २५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उपमहानगर प्रमुख, वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका २५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय जनमोर्चाबाट मेयरमा उम्मेदवारी दिएकी अन्जना श्रेष्ठ मास्केले पनि उम्मेदवारी फिर्ता लिएकी छिन् । उनले उम्मेदवारी फिर्ता गरेसंगै अब ९ जनाबीच मेयरका लागि प्रतिस्पर्धा हुने भएको छ ।

बिज्ञापन

धनगढी उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर वड, नेकपा (एमाले) का रणबहादुर चन्द, जनता समाजवादी पार्टीका कवीन्द्र ऐर, नागरिक उन्मुक्ति पार्टीका नीमकुमार चौधरी, लोकतान्त्रिक समाजवादीका वसन्तबहादुर विश्वकर्मा र सचेत पार्टी नेपालका भारती थापा उम्मेदवार छन् । यस्तै स्वतन्त्रबाट गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्ट मेयर पदका उम्मेदवार छन् ।
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुका लागि शुक्रबार ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन पाउने समय थियो । दाबी, विरोध, उजुरीमाथि छानबिन गरी आयोगले हिजो उम्मेदवारको नामावली प्रकाशन गरेको थियो । स्थानीय निर्वाचनका लागि ११ र १२ गते मनोनयन दर्ता भएको थियो । निर्वाचन आयोगले भोलि उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्दैछ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।