तीर्थयात्रु सवार बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु

काभ्रे । काभ्रेको रोशी गाउँपालिका–११ मा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकामा भारतीय तीर्थयात्रु सवार मिनिबस र टाटा सुमो जीप ठोक्किँदा ५ जनाको मृत्यु भएको काभ्रेका प्रहरी प्रवक्ता, डीएसपी हरी खतिवडाले जानकारी दिए ।

मृत्यु हुनेमा टाटा सुमोमा सवार रहेका ६ वर्षीय बालक र उनकी आमासहित ५ जना रहेका छन् । मृतक सबैको सनाखत भएको छैन ।
घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ। भारतीय बस जनकपुरतर्फ छुटेको थियो भने टाटा सुमो सिन्धुलीबाट आइरहेको थियो। दुर्घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
