नेवारी समुदायमा प्रचलीत क्रान्त्रि भैरव जात्रा

अम्बिका बस्नेत
काठमाडौं । नेवारी जातिमा बढि प्रचलीत क्रान्त्रि भैरव जात्रा हिजो सम्पन्न भएको छ । वैशाख १७ गते माता तिर्थ औशीको दिनबाट यो जात्रा सुरु गीरएको हो ।

जात्रा ५ दिनसम्म निरन्त्रर हुने गरेको छ । यस कान्त्रि भैरव जात्रालाई रथ यात्रा गर्दैं बाटो बाटोमा रथलाई नचाउदैं भैरव मन्दिरसम्म लैजाने प्रचलन रहेको छ ।

नेवारी जातिले जात्रामा प्रसादको रुपमा चामलबाट उत्पादन गरीएको जाडलाई पिउने गर्दछन् । अहिले यो जात्रा नेवारी जातिले मात्र नभई क्षेत्री, बाहुन लगाएत अन्य जाति पनि सहभागी भै जात्रा रमाउने गरिन्छ । यो जात्रा परापूर्व कालदेखि नेवारी समुदायमा प्रचलनमा आएकोृ जात्रा क्रान्त्रि भैरव जात्रा हो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.