घटना

उम्मेदवारको बुवामाथि धारिलो हतियार प्रहार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनुषा । धनुषाको कमला नगरपालिका–१ का वडाध्यक्ष पदमा उम्मेदवारी दिएका सर्वदेव यादवका बुवामाथि धारिलो हतियार प्रहार भएको छ ।
आफ्नै घरमा सुतिरहेका उम्मेदवार यादवका बुवा ७० वर्षीय चन्द्रनारायण यादवमाथि गए राति धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।