घटना समाचार

टीकापुरमा १५ वर्षीया किशोरी बलात्कृत, एकजना पक्राउ

बिज्ञापन

टीकापुर । कैलालीको टीकापुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले टीकापुर नगरपालिका–१ नयाँ बस्ती बस्ने ३० वर्षीय दिपेन्द्र साउँदलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

साउदले ती किशोरीलाई गत सोमबार बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन