राजनीतिक स्थिरता नहुँदा देशको विकास हुन सकेन : पौडेल

काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक स्थिरता नपाएर देशमा विकास हुन नसकेको बताएका छन् ।
रत्नपार्कस्थित शान्ति बाटिकामा जारी पाँच दलीय गठबन्धनको चुनावी सभा सम्बोधन गर्दै उनले राजनीतिक स्थिरता नपाएर देशमा विकास हुन नसकेको बताएका हुन् ।

‘राजनीतिक स्थिरता नपाएर विकास हुन सकेको छैन । स्थिरतामाथि किन प्रहार भइरहेको हुन्छ । किन नेपालले मौका नपाउने ? नेता पौडेलले प्रश्न गरे ।
उनले केही समयका लागि मात्रै पनि राजनीतिक स्थिरता कायम गर्न सके देशले आर्थिक संकट भोग्न नपर्ने पनि जिकिर गरे ।
‘केही समयमात्रै पनि राजनीतिक स्थिरता हुन सक्यो भने आर्थिक संकट भोग्न पर्दैन,’ उनले भने, ‘स्थिरता कायम गरेरमात्र देश विकास हुन्छ ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
