राजनीति

राजनीतिक स्थिरता नहुँदा देशको विकास हुन सकेन : पौडेल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक स्थिरता नपाएर देशमा विकास हुन नसकेको बताएका छन् ।

लोक कल्याणकारी विज्ञापन

रत्नपार्कस्थित शान्ति बाटिकामा जारी पाँच दलीय गठबन्धनको चुनावी सभा सम्बोधन गर्दै उनले राजनीतिक स्थिरता नपाएर देशमा विकास हुन नसकेको बताएका हुन् ।

लोक कल्याणकारी विज्ञापन

‘राजनीतिक स्थिरता नपाएर विकास हुन सकेको छैन । स्थिरतामाथि किन प्रहार भइरहेको हुन्छ । किन नेपालले मौका नपाउने ? नेता पौडेलले प्रश्न गरे ।

बिज्ञापन

उनले केही समयका लागि मात्रै पनि राजनीतिक स्थिरता कायम गर्न सके देशले आर्थिक संकट भोग्न नपर्ने पनि जिकिर गरे ।

‘केही समयमात्रै पनि राजनीतिक स्थिरता हुन सक्यो भने आर्थिक संकट भोग्न पर्दैन,’ उनले भने, ‘स्थिरता कायम गरेरमात्र देश विकास हुन्छ ।’

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन