कांग्रेसले अन्त भोट हाल्दैन भनेर भ्रम फैलाइयो : बानियाँ

काठमाडौ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पाँच दलीय गठबन्धन संविधान रक्षा र समृद्धिको यात्रा पूरा गर्न बनेको बताएका छन् ।
काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले संविधान रक्षाका लागि धेरै मिहिनेतका साथ गठबन्धन बनेको बताए ।

नेता बानियाँले एमालेले कांग्रेसले रुखबाहेक अन्य चुनाव चिन्हमा भोट हाल्दैन भनेर भ्रम फैलाएको भन्दै आपत्ती जनाए । उनले भने, ‘नेकपा एमाले र केपी शर्मा ओलीका कार्यकर्ताले भ्रम सृर्जना गरे । कांग्रेसले अन्त भोट हाल्दैन भनेर भ्रम फैलायो । अहिले गठबन्धनलाई मतदान गर्न आवश्यक छ ।’
उनले केशव स्थापित हावादारी र उदण्ड व्यक्ति रहेको बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
