घटना

सर्वोच्चको आफताब आलमलाई थुनामै राख्न आदेश

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमलाई थुनामै राख्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले उच्च अदालतको आदेशलाई सदर गर्दै थुनामै राख्न आदेश दिएको हो ।

बिज्ञापन

आलमले आफूलाई थुनामुक्त गरेर साधारण तारेखमा मुद्दा लड्न पाउ भन्दै निवेदन दर्ता गराएका थिए ।

यसअघि जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले समेत सदर गरेपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका थिए ।

संविधानसभा निर्वाचनमा धाँधलीका लागि ल्याएको बम २०६४ चैत २७ गते आलमका काका शेष इद्रिसको गोठमा विष्फोट भएको थियो । सोही विष्फोटका घाइते तथा मृतकलाई इँटाभट्टामा लगेर जलाएको आरोपमा असोज २६ गते आलम पक्राउ परेका थिए ।

मृतक तथा घाइते ओसार्न प्रयोग गरेको भनिएको ट्र्याक्टर तथा घाइतेको उपचार गरिएको भारत मोतिहारीस्थित अस्पतालको रिपोर्ट प्रहरीले संकलन गरेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।