राजनीति

विप्लव पार्टीका कसु (कञ्चन र सुदर्शन) गुटको कन्तबिजोग भएकै हो त ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) ले पदमुक्त गरेपछि पार्टी फुटाउन तम्सिएका कञ्चन र सुदर्शनको कन्तबिजोग भएको वप्लव समुहको वादी रहेको छ ।

आफूहरुसंग बहुमत भएको दावी गरेका कसु (कञ्चन र सुदर्शन ) गुटको भेलामा नगन्य केन्द्रीय सदस्यमात्र उपस्थित भएपछि उनीहरुको कान्तबिजोग भएको स्रोत बताउछ ।

बिज्ञापन

नेपाल कम्युनिस्ट पार्टीको ६९ जनाको केन्द्रीय सदस्यमध्ये कसु (कञ्चन र सुदर्शन) गुटको भेलामा १० जनामात्र सहभागी भएका छन् । ६९ जना केन्द्रीय सदस्यमध्ये कसु (कञ्चन र सुदर्शन) गुटको भेलामा नेकपा विप्लववाट कारबाहीमा परेका सुदर्शन, कन्चन , दीपक चलाउने, गुणराज लोहनीलगायत पूर्ण सिंह, रुपेश, नयन, शरद रसाइली र लालबहादुर बिसीहरू सहभागी भएको स्रोत बताउछ ।

पार्टीमा बहुमत भएको कोकोहोलो मच्याउदै कसु (कञ्चन र सुदर्शन) गुटको भेलामा नगन्य केन्द्रीय सदस्यमात्र उपस्थित भएपछि उनीहरु आम जनतामाझ सर्वाङ्ग भएको नेकपाका एक नेताले बताए ।

उनले कसु (कञ्चन र सुदर्शन) गुटले नेपालको क्रान्तिमा गद्दारी गरेको ठोकुवा गर्दै उचित समयमा नेपाली जनताले त्यसको हिसाब किताब खोज्ने दावी गरे ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।