घटना

कुकुरका कारण बाजुरामा काँग्रेस र एसका कार्यकर्ताबीच झडप

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बाजुरा । कुकुरको विषयलाई लिएर बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी (एस) का कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका–९ स्थित अगाउँपानीमा दुवै पार्टीका कार्यकर्ता बिच झडप भएको हो ।

समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको भन्दै काँग्रेसका कार्यकर्ताहरुले ढुगांमुढा गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । झडपमा ३ जना प्रहरीसहित काँग्रेसका कार्यकर्ता घाइते भएका प्रहरीले जनाएको छ ।

बिज्ञापन

झडपपछि समाजवादीका कार्यकर्ताहरु प्रहरी चौकीमा पुगेका थिए । उनीहरुलाई प्रहरीले संरक्षण गरेको भन्दै काँग्रेसका कार्यक्रताहरुले प्रहरी चौकी तोडफोड गरेका थिए । चौकी तोड्न थालेपछि प्रहरीले हवाई फायर समेत गरेको बताईएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।