राजनीति

जगन्‍नाथको जवाफ : मेरै उम्मेदवारीले देश दुर्घटनामा पर्दैन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । भरतपुर महानगरपालिकाका गठबन्धनविरुद्धका बागी उम्मेदवार तथा कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाप्रति चर्काे असन्तुष्टि व्यक्त्त गरेका छन् ।

बिहीबार प्रचण्डले चितवनका कांग्रेसीले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा पर्ने चेतावनी दिएपछि रामपुर टोलमा आयोजित कोणसभालाई सम्बोधन नेता पौडेलले जवाफ दिँदै भने, ‘जगन्नाथको उम्मेदवारीले देश नै दुर्घटनामा पर्छ, आकाश खस्छ जस्तो कुरा प्रधानमन्त्री भइसकेका व्यक्तिहरुले गरेको सुन्दा मलाई आत्मग्लानि भएको छ।’

बिज्ञापन

देउवा आफ्नो पार्टी बचाउनभन्दा अरूको पार्टी बोक्नमा केन्द्रित भएको आरोप लगाए।​ देउवाप्रति आक्रोश पोख्दै उनले भने, ‘आज राष्ट्रलाई बाटो देखाउनुपर्ने पार्टी अरू नेता र पार्टीको लहैलहैमा लागेर आफ्नो पार्टीको कार्यकर्तालाई कारबाही गर्ने अरूलाई अर्काको वकालत गर्दै हिँड्ने । यस्तो पनि हुन्छ। गठबन्धन हाम्रो सरकारको विषय होइन ।’

उनले आफ्ना नातागोता शक्तिमा पु¥याउन बनाएको गठबन्धनका विपक्षीमा उभिँदा आफूमाथि जुनसुकै बेलामा सांघातिक प्रहार हुनसक्ने बताए ।

‘गठबन्धन कसैको श्रीमती, कसैको छोरी, कसैको छोरा, साला, ज्वाइँलाई दिन शक्तिमा पु¥याउनका लागि मात्रै हो । अरू केही होइन । हाम्रो आलोचना र विरोध पनि त्यही हो’ उनले भने, ‘हाम्रो ज्यान जोखिममा छ । हामीमाथि कुनै पनि बेला सांघातिक प्रहार हुन सक्छ । तर आफ्नो जिन्दगीबारेमा सोचेका होइनौं ।’

भरतपुर महानगरमा आफूले जिते सरकारी सेवाबाट तलब भत्ता सेवा सुविधा केही नलिई आफ्नै खर्चले जनताको सेवा गर्ने पनि उनले बताए । महानगरलाई भष्टाचार मुक्त बनाएर विकास निर्माणलाई तीव्रता दिने प्रतिबद्धता समेत जनाए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।