आजदेखि ७२ घण्टा भारतसँग जोडिएका सीमा नाका बन्द हुने

टीकापुर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् ।
भारतसँग सीमा जोडिएका जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गर्दै आजदेखि ७२ घण्टाका लागि नाका बन्द रहने जनाएका छन् ।

बाँके, बर्दिया, मोरङ, सुनसरी, झापा, कैलाली, कञ्चनपुर, नेपालगञ्जलगायत भारतसँग जोडिएको सीमा जोडिएका जिल्लाका नाका आज रातिदेखि बन्द हुने छन् ।
शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि सीमा नाका बन्द हुनेछन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
