अछाममा लडेर घाईते भएकाको उपचारको क्रममा मृत्यु
लोक कल्याणकारी विज्ञापन

अछाम । अछाम जिल्लामा लडेर घाईते भएका एक जनाको जिल्ला अस्पताल अछाममा ज्यान गएको छ । जिल्लाको ढकारी गाँउपालिका वडा नं. ५ का शेर बहादुर बुढाका ३५ बर्षिय छोरा जिते बुढाको उपचारको क्रममा मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।
ढकारी गाँउपालिकाको राक्सीखान भन्ने ठाँउबाट घर जानेक्रममा बाटो बाट १३ मिटर तल खसेर बुढा गम्भिर घाईते भएका थिए । बुढाको टाँउको चोट लाग्नुका साथै दायाँ खुट्टा समेत भाँचिएपछि उपचारका लागि उनलाई जिल्ला अस्पताल अछाममा पुर्याईएको थियो ।
बिज्ञापन

उपचारको क्रममा उनको अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
