स्थानीय चुनावको

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, विपी कांग्रेस विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा कांग्रेस पराजित भएको छ ।

गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा विपी कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवालाई हराउँदै विपी कांग्रेसका नरेश भण्डारी विजयी भएका हुन् । भण्डारीले ६ सय ७३ मत ल्याउँदा देउवाले ५ सय ४४ मत पाए ।

बिज्ञापन

पराजित भएका देउवा शिक्षकबाट राजीनामा दिँदै वडाध्यक्षमा लडेका थिए । निर्वाचन अधिकृतको कार्यालयले विजय घोषणा गर्ने बाँकी छ ।

कांग्रेसबाट निष्कासित निवर्तमान पार्टी कर्णबहादुर मल्ल समूहले विपी कांग्रेसको करुवा चुनाव चिह्न लिएर जिल्लामा काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।