टीकापुरमा नागरिक उन्मुक्ति पार्टीे दोब्बर मतले अगाडि

टीकापुर । कैलालीको टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीले फराकिलो मतान्तरका साथ अग्रता कायमै राखेको छ । अहिले साँझ ६ बजेसम्मको मतगणनाअनुसार नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल डंगौरा थारु दोब्बर बढी मतले अगाडि छन् ।
नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार डगौरा थारुले ५८८ र उपमेयर पदका उम्मेदवार उल्कादेवी विकले ५०१ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा नेकपा एमाले छ । एमालेबाट मेयर पदका उम्मेदवार श्याम खत्रीले २६७ मत र उपमेयर उपमा केसीले १९० मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेको गठबन्धनका तर्फबाट कांग्रेसका मेयर पदका उम्मेदवार नवराज रावलले २१९ मत र माओवादी केन्द्रका उपमेयर पदका उम्मेदवार खडक शाहले २१३ मत प्राप्त गरेका छन् ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
