कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
लोक कल्याणकारी विज्ञापन

अछाम । अछामको कमल बजार नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका यज्ञ प्रसाद ढकाल निर्वाचित भएका छन् ।
सोमबार विहान आएको मत परिणाम अनुसार ढकाल ४ हजार २८८ मतसहित विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कटक बहादुर साउदले ४ हजार ६५ मत पाएका छन् ।
बिज्ञापन

उपप्रमुखमा भने एमाले उम्मेदवार शारदा कुमारी बिष्टले विजयी भएकी छिन् । उनले ४५२८ मत पाएकी छिन् । नेपाली काँग्रेसकी गौरी भण्डारीले ३६४८ मत मात्र प्राप्त गरिन् ।
नगर ७ वडा एमाले, २ काग्रेस र १ वडा स्वतन्त्र उम्मेदवारले जितेका छन ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
