स्थानीय चुनावको

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका भाइ रविन्द्र गाउँपालिका अध्यक्षमा विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

झापा । झापाको हल्दिबारी गाउँपालिका अध्यक्षमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका भाइ रविन्द्र विजयी भएका छन् ।
एमालेका डम्बरबहादुर गिरीलाई झण्डै २ हजार मतान्तरले पराजित गर्दै रविन्द्र लिङ्देन अध्यक्षमा विजयी भएका हुन् ।
रविन्द्रले ६ हजार ८५६ मत पाउँदा गिरीले ४ हजार ६६६ मत पाएका छन् । उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मीदेवी मैनाली विजयी भएकी छन् ।

लिङ्देन यसअघि पनि गाउँपालिका अध्यक्ष थिए । झापाका अन्य केही पालिकामा राप्रपाले प्रतिस्पर्धा गरिरहेको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।