भरतपुरमा अग्रता बढाउँदै रेनु दाहाल, १ हजार ३४४ मतान्तर
लोक कल्याणकारी विज्ञापन

भरतपुर । भरतपुर महानगरपालिकामा जारी मतगणना सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।
बुधवार बिहान २६ हजार २६ मतगणना हुँदासम्म दाहालले १ हजार ३४४ मतको अग्रता लिएकी छन् ।
रेनुले ९ हजार ३६३ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार १९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार १९१ मत पाएका छन् ।
बिज्ञापन

उपमेयरमा चित्रसेन अधिकारीले ११ हजार १३६ र हिमला गुरुङले ६ हजार ५३५ मत पाएका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
