दुल्लु नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
लोक कल्याणकारी विज्ञापन

दैलेख । दैलेखको दुल्लु नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार भरत रिजाल नेकपा एमालेका रुद्र शाहीलाई १३१ मतान्तरले पछि पार्दै मेयरमा विजयी भएका छन् ।
रिजालले ७ हजार ७२३ मत ल्याउँदा एमालेका रुद्र शाहीले ७ हजार ५९२ मत पाएका छन् ।
उपमेयरमा एमालेकी विना कार्की ७ हजार १२४ मत ल्याएर विजयी भएकी छन् भने माओवादीका प्रमोद खड्काले ७ हजार ८७ मत पाएका छन् ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
