आज बिहान ३० हजार ६९८ मतगणना हुँदासम्मको धनगढीको ताजा अपडेट

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ । बिहान साढे ६ सम्म ३० हजार ६९८ मतगणना भएको छ ।
जसमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १३ हजार ८२३ मत पाएका छन् भने नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ६ हजार ७७२ र नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार २१७ मत पाएका छन् ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६ हजार १८१ मत पाउँदा एमालेकी कन्दकला रानाले ५ हजार ४५५ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार ३५७ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवारले २ हजार १९४ मत पाएका छन् । हमाल र वडबीच ७ हजार ५१ मतको अन्तर छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
