स्थानीय चुनावको

नतिजा सार्वजनिक भइसकेको वडाको मतपेटिका भेटिएपछि….

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिकाको मतगणना जारी छ । अन्तिम वडाको मतगणनाका क्रममा नजिता सार्वजनिक भइसकेको वडाको सिलबन्द मतपेटिका भेटिएको छ ।

बर्दिबास–८ को एउटा मतपेटिका छुटेको अवस्थामा भेटिएको हो । यहाँका १३ वडाको गणना सकेर अन्तिम वडाको मतपेटिका निकाल्ने क्रममा वडा नम्बर–८ को थप मतपेटिका फेला परेको निर्वाचन कार्यालय बर्दिबासकी सहायक निर्वाचन अधिकृत शर्मिला तामाङले जानकारी दिइन् ।

बिज्ञापन

निर्वाचन कार्यालयले उक्त वडामा ७५३ मत प्राप्त गरी नेकपा (माओवादी केन्द्र)का उमेदवार शमशेरसिंह लामा वडाध्यक्षमा निर्वाचित भएको घोषणा गरिसकेको छ ।

थप सिलबन्द मतपेटिका फेला परेपछि वडा–८ का नौ मतपेटिकामध्ये आठवटाको मात्रै गणना गरेर मत परिणाम सार्वजनिक गरिएको तथ्य खुलेको छ । अब सर्वदलीय बैठक बसेर निर्णय लिइने बताइएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।