घटना

कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी: कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका र भजनी नगरपालिकाका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध खैरो हेरोइनसहित ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेहरुमा गौरीगंगा नगरपालिका–१ बस्ने २५ वर्षीय जिवन चौधरी, गोदावरी नगरपालिका–२ बस्ने १९ वर्षीय धर्म चन्दर तथा सोही ठाउँ बस्ने १७ वर्षीय किशोर र भजनी नगरपालिका–३ बस्ने २८ वर्षीय सुकमेन्द्र सिंह रहेका छन्।
पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन