स्थानीय चुनावको

भजनीको नगरप्रमुख र उपप्रमुखमा नागरिक उन्मुक्ति पार्टी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । पहिलोपल्ट पार्टी स्थानीय निर्वाचनमा सहभागी भएको नागरिक उन्मुक्ति पार्टीले भजनी नगर प्रमुख र उपप्रमुख जितेको छ ।

भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ हो । मेयरमा केवललाल चौधरी र उपमेयरमा राजु तिरुवा निर्वाचित भएका छन् ।

बिज्ञापन

केवललालले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्र का शेरबहादुर चौधरीलाई पराजित गरे । उनले सात हजार ४७५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी शेरबहादुरले तीन हजार ८७१ मत प्राप्त गरे ।

नगर उपप्रमुखमा निर्वाचित तिरुवाले नेपाली कांग्रेसका गोकर्ण भण्डारीलाई पराजित गरेका हुन् । तिरुवाले ६ हजार २२५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी भण्डारीले तीन हजार ५३७ मत प्राप्त गरे ।

भजनीमा नागरिक उन्मुक्ति पार्टीले तीन वडामा जित हासिल गरेको छ । त्यसैगरी गठबन्धनले चार र एमालेले दुई वडामा जित हासिल गरेको छ ।

टीकापुर हत्याकान्डका दोषीको रूपमा हाल कारागारमा रहेका रेशम चौधरीले उक्त पार्टी स्थापना गरेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।