स्थानीय चुनावको

७२६ स्थानीय तहको नतिजा घोषणा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ७२६ तहको अन्तिम नतिजा घोषणा भएको छ । अब २७ स्थानीय तहको नतिजा घोषणा हुन बाँकी रहेको आयोगले जनाएको छ ।

आयोगले जेठ ५ गते नै निर्वाचनको मतगणना सक्ने लक्ष्य लिएपनि विभिन्न कारणले गणना लम्बिएको छ । आयोगले १० गतेभित्र सबै तहको नतिजा सकिसक्न पुनः निर्देशन दिएको छ । २७ स्थानीय तहमध्ये अधिकांशको मतगणना अन्तिम चरणमा पुगेको छ । काठमाडौं र ललितपुरबाहेक भरतपुर, पोखरा र वीरगन्जको पनि मतगणना अन्तिम चरणमा पुगेको छ ।

बिज्ञापन

हालसम्मको नतिजाअनुसार सबैभन्दा बढी स्थानीय तह जितेर काँग्रेस पहिलो पार्टी बन्दा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो बनेको छ । यस्तै जसपा चौथो दल बन्दा एकीकृत समाजवादी पार्टी पाँचौं स्थानमा पुगेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।