राष्ट्रिय समाचार

जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोकियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भैरहवा, ९ जेठ । जजिरा एयरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोकिएको छ । २०७९ जेठ ९ गते सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोकिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । विमान यात्रु ओरालेर एप्रोनमा छ ।
१२१ यात्रु लिर आएको विमानमा ५२ जना कारागारमा हिरासतमा रहेका कैदी थिए । उनीहरूलाई उद्वार गरेर नेपाल ल्याईएको हो । विमान अवतरण गरेपछि चरासँग ठोकिएको थियो ।

गौतमबुद्ध अन्तर्रास्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार हवाई जहाजको बाहिरी भागमा रगत देखिन्छ, तर रन वे मा कतै चरा देखिन्न ।

बिज्ञापन

‘पाईलटहरुले अवतरणको क्रममा चरासँग ठोकिएको आशंका गरेका छन । तर, रन वे मा देखिनु पर्ने चरा देखिएन’, साहले भने, ‘चरा कतै ईन्जिनमा त गएन भनेर जहाज यही होल्ड भएको छ ।’

एयरलाइन्सका ईन्जिनियरले विमान चेकजाँच गरेपछि मात्रै उडान गरिने भएको छ । २ जेठदेखि गौतमबुद्ध अन्तर्रास्ट्रिय विमानस्थलमा नियमित रूपमा सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।