स्थानीय चुनावको

धनगढीमा हारेपछि कांग्रेसका वड बोले : गठबन्धनको साथ थिएन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा पराजित भएपछि सत्तारूढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले आफू पनि स्वतन्त्र तरिकाले लडेको बताएका छन् ।

आफ्नै पार्टीको असहयोगका कारण पराजित भएको बताउँदै उनले यस्तो बताएका हुन्। नवनिर्वाचित मेयर गोपाल हमाललाई बधाई तथा शुभकामना दिन उपमहानगरको कार्यालय पुगेका वडले पत्रकारसँग प्रतिक्रिया दिदै पार्टीको चुनाव चिन्ह लिएपनि स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरेको बताए।

बिज्ञापन

‘यहाँ नामको मात्र गठबन्धन भएको थियो। मेरो पार्टीको चुनाव चिन्ह पाएपनि म यसपटक मेयरमा स्वतन्त्र लडेको हुँ’, उनले भने, ‘नवनिर्वाचित मेयरलाई मेरो पूर्ण सहयोग रहनेछ। मेरो कार्यकालमा गरिएका राम्रा कामलाई निरन्तर दिनुहुनेछ भन्ने विश्वास गरेको छु।’

वडले उपमहानगरपालिका पुगेर नवनिर्वाचित मेयर हमाललाई बधाई तथा शुभकामना दिएका थिए। २०७४ सालको निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयरमा विजयी भएका वड यसपटक भने गठबन्धन गर्दा समेत स्वतन्त्र उम्मेदवार हमालसँग झण्डै दोब्बर मतले पराजित भएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।