घटना

मनोज पाण्डेलाई पाँच दिन थुनामा राख्न अनुमति

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
सुन्दरी प्रतियोगिताको नाममा आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै भिडियो सार्वजनिक गरेकी किशोरीले सोमबार जाहेरी दिएपछि अनुसन्धान अगाडि बढेको हो ।

पहिलो पटक जिल्ला अदालतले पाँच दिनको म्याद दिएको उपत्यका अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले जानकारी दिएका छन् । यसअघि आइतबार पनि एक नाबालिगले आफूमाथि पाण्डेले यौन दुर्व्यवहार गरेको भन्दै काठमाडौं परिसरमा जाहेरी दिएकी थिइन् ।

बिज्ञापन

यसअघि भिडियो सार्वजनिक गर्ने किशोरीले भने मानव बेचबिखनको कसुरमा जाहेरी ल्याएको एसएसपी कुँवरले बताए । ‘अदालतले पाँच दिन म्याद दिएको छ । अब दुवै कसुरमा एकसाथ अनुसन्धान अगाडि बढ्छ’, कुँवरले भने ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।