स्थानीय चुनावको

स्वतन्त्र उम्मेदवार बालेन साह १८ हजार मतले अगाडि

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ, ९ जेठ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले विहान ११ बजे अघिको मत गणनाको नतिजा अनुसार, ४५ हजार ६१३ मत प्राप्त गरेका छन् । यो मतको साथै साहले अग्रस्थान कायमै राखेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २७ हजार १८३ मत प्राप्त गरेकी छिन ।
यसैगरी तेस्रो स्थानमा झरेका नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले २६ हजार ३०९ मत ल्याएका छन भने उपप्रमुखमा सोही पार्टीकी उम्मेदवार सुनिता डङ्गालले सबैभन्दा बढी ४५ हजार ८७५ मत ल्याएर अग्रस्थानमा रहेकी छिन् ।

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत प्राप्त गरेका छन् । १,३२,४८२ मत गनिसकिएको खबर छ । अब ३१% अर्थात् ५८,६८९ मत मात्र मत गन्न बा‘की रहेको जानकारी हुन आएको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।