स्थानीय चुनावको

अछामको साँफेबगरमा गठबन्धनका उम्मेदवार विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

साँफेबगर । साँफेबगर नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजेन्द्र कुँवर ७ हजार २६५मत सहित विजयी भएका हुन् । कुँवरका निकटत प्रतिदन्द्धी नेकपा एमालेका पशुपति कुँवरले ५ हजार ३९मत प्राप्त गरेकी छन् ।

उपप्रमुखममा समाजवादीका शिबबहादुर कुँवर ६ हजार ४३४ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिदन्द्धि माओबादीका रंग ठकुल्लाले ५ हजार ३१४ मत पाएका छन् ।

बिज्ञापन

१४ वडा रहेको साँफेबगरमा ८ वडा कांग्रेसले, ३ एमाले, १ समाजवादी र २ स्वतन्त्रले जितेको छ ।

वडा नं १ मा स्वतन्त्र नन्दसिंह ठकुल्ला, वडा नं २ कांग्रेसका सेतबहादुर कुँवर, वडा नं ३ मा कांग्रेसका कुलबहादुर कुँवर, वडा नं ४मा कांग्रेसका नवराज बुढा, वडा नं ५ मा कांग्रेसकै मक्र कुँवर, वडा नं ६ मा स्वतन्त्रका मिनबहादुर बोहरा, वडा नं ७ मा कांग्रेसका हिक्मत कडायत, वडा नं ८ कांग्रेसका कालुसिंह कुँवर, वडा नं ९ मा समाजवादीका दिपक कुँवर, वडा नं १० मा एमालेका ललित बोगटी, वडा नं ११ मा एमालेका रामबहादुर बोहरा, वडा नं १२ मा कांग्रेसका जनक कडायत, वडा नं १३ मा एमालेका रुपबहादुर कुँवर र वडा नं १४ मा कांग्रेसकै सन्जु थापा विजयी भएका छ्न् ।

साँफेबगरमा काग्रेस–समाजवादी र एमाले–माओवादीबीच गठबन्धन भएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।