बिश्व

अमेरिकासहित विश्वका २० देश युक्रेनलाई हाईटेक हतियार दिन सहमत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एजेन्सी । विश्वका २० देशले युक्रेनलाई अत्याधुनिक (हाईटेक) हतियार दिने भएका छन् । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनी सेनाको सहयोगका लागि विश्वका २० देशले अतिरिक्त हतियार दिन लागेको बताएका हुन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार विश्वभरका करिब ५० देशका नेता सहभागी एक भर्चुअल बैठकमा युक्रेनलाई हरपुन लन्चर मिसाइलसहित थुप्रै अत्याधुनिक हतियार दिने सहमति जुटेको हो ।

बिज्ञापन

बैठकमा अमेरिकी रक्षा मन्त्रीले डेनमार्कप्रति आभार प्रकट गरे । डेनमार्कले युक्रेनलाई हरपुन एन्टी शिप मिसाइल दिने प्रतिबद्धता जनाएको छ । यसले युक्रेनको आक्रमण गर्ने क्षमतालाई कयौँ गुणा बढाउने अपेक्षा गरिएको छ ।

उक्त बैठकमा अमेरिकाका एक वरिष्ठ सैन्य अधिकारीले युक्रेनमा हतियारसम्बन्धी तालिम प्रदान गर्न प्रशिक्षकसमेत पठाउने विषयमा बताए । यद्यपि, युद्धका लागि अमेरिकाले सेना भने नपठाउने उनले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।