घटनाराष्ट्रिय समाचार

चोरीको २५लाख ६८ हजार भारतीरुपैया २ तोला सुन बरामद

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली १३ जेठ भारतको विभिन्न ठाउँ बाट चोरील्याएको २५ लाख ६८ हजार भारतीय रुपैया सहित २ तोला सुन बरामद गरेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।

जिल्लाको बर्दगोरिया गाउपालिका वडा नम्बर-४ सुन्दरपुर स्थित दुर्गा चलाउनेको घर नजिक खेतबारिमा खाल्डो खनी प्लास्टिकको थैली भित्र स्टिलको डब्बामा लुकाइराखेको अवस्थामा भारती रुपैयाँ नगद २लाख २२ हजार र घोडाघोडी नगरपालिका वडा नम्बर ८ बस्ने लालबहादुर थापाको घर नजिकको खेतमा पनि उस्तै स्थितिमा खाल्डामा प्लास्टिकको झिल्ली भित्र लुकाइराखेको भारतीय रुपैयाँ २३लाख ४६ हजार संगै २तोलक बराबर सुनका ससाना टुक्रा पनि बरामद गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।

बिज्ञापन

साथै उक्त रकम कुन कुन ठाउँ बाट कस कसले ल्याएको हो भन्ने बारे थप अनुसन्धान भैरहेको पनि जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।