घटनाराष्ट्रिय समाचार

६ जना विदेशी नागरिक चालक दलका सदस्य सहित २२ जना रेहेको तारा एयरको विमान सम्पर्क विहीन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पोखरा विमानस्थल बाट आइतबार ९:५५ बजे बिहान जोमसोमको लागी ६ जना विदेशी १३ जना नेपाली सहित १९ जना यात्रु ३ जना चालकदलका बोकेर उढेको विमान दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। बरिस्ठ पाइलट केदार घिमिरे सहित ३ जना चालक दलका सदस्य पनि रहेको बताएको छ।

सम्पर्क बिहिन भएको तराअ एयरको 9N AET विमान अहिले सम्म सम्पर्कमा आउन सकेको छैन।
बरिस्ठ पाइलट केदार प्रसाद घिमिरे ,सहचाल चालक उत्सव पोखरेल ,एयर होस्टेज किश्मी थापा सहित ३ जना चालकदलका सदस्य रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

बिज्ञापन

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार म्याग्दीको घोरेपानी सम्म सम्पर्कमा रहेको भए पनि १०:५५ मा मुस्ताङको जोमसोममा अवतरण हुनुपर्ने विमान अहिले सम्म सम्पर्कमा आउन नसकेको बताएको छ।

मुस्ताङको लेते भन्ने पहाड माथीको आकाशमा देखिएको स्थानीय हरुले बताए पनि लेतेको पहाड सम्म देखिएकोले विमान दुर्घटना भएको हुन सक्ने आकलन गरिएको छ तर घटना भएको अथवा गन्तव्य बिहिन भएको भन्ने बारे आधिकारिक पुस्ठी हुन सकेको छैन ।

सम्पर्कबिहीन भएको तारा एयरको जहाज खोज्न जोमसोमबाट गएको फिस्टेल एयरको हेलिकोप्टर खराब मौसमका कारण फर्किएको छ।
१३ जना नेपाली २ जना जर्मनी र ४ जना भारतीय नागरिक रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।