राजनीति

प्रदेश नामकरणको नेतृत्व एमालेले लिनुपर्छ : मुख्यमन्त्री राई

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणको नेतृत्व एमालेले लिनुपर्ने बताएका छन्। प्रदेश १ सभाको दशौँ तथा बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन्।

सबैभन्दा धेरै सांसद एमालेसँग रहेको बताउँदै उनले एमालेभित्र रहेको कुनै नेता संयोजक रहेको एउटा समिति बनाउन आफूहरू इच्छुक रहेको बताउँदै उनले भने, ‘एमालेले गर्दै गर्दैन भने अथवा अरु कसैले गर्दैन भने सरकारले भए पनि त गर्नु प¥यो नि‚ त्यसैले छलफल अगाडि बढाउँदै जाँदा छलफल साँघुरिन्छ भनेर हामीले कोसिस गरेको हो‚’ उनी थप्छन्, ‘प्रदेशको नामकरणको विषयमा भरसक एमालेले वा ठूला दलहरूले नेतृत्व लिएर पहलकदमी गरे राम्रो हुन्छ।’

बिज्ञापन

सकेसम्म प्रदेशको नाम सहमतिमा निर्णय गर्न आग्रह गर्दै मुख्यमन्त्री राईले सहमति नभए प्रक्रियामा गएर भए पनि नामको विषय टुंगो लगाउनेमा जोड दिए। नामको विषयमा बदनाम भएको उल्लेख गर्दै उनले निधारमा कालोटीका लागेकाले नामको विषयलाई यस अधिवेशनको अन्त्यमा भए पनि टुंगो लगाउनु पर्नेमा जोड दिए।

उनले अर्को प्रसंगमा नियुक्तिको विषयमा पार्टीसँगको सम्बन्धभन्दा पनि विज्ञतालाई ध्यानमा राखेर नियुक्ति गरिएको उनको दाबी थियो। ‘मुख्यमन्त्रीको पार्टीको सीधै मान्छे नियुक्ति हुने भन्ने ठाउँमा मुख्यमन्त्रीको पार्टीको मान्छे छैन होला,’ उनले भने, ‘त्यसो किन गरियो भने पार्टीभन्दा विज्ञतालाई जोड दिएका छौँ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।