राष्ट्रिय समाचार

सरकारले स्वीकृत गरयो मूल्य अभिवृद्धि कर संशोधन नियमावली २०७९

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ । जेठ १३ र १५ गते बसेको मन्त्रीपरिषद्को बैठकले मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको हो ।

सोमवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले अन्तशुल्क २३ औँ संशोधन नियमावली २०७९, भन्सार १३ औँ संशोधन नियमावली २०७९ र आयकर १३ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको बताए ।

बिज्ञापन

उनले बजेट तथा अर्थ सम्बन्धी विधेयकहरु संघीय संसदमा पेस गर्ने, लोकसेवा आयोगको सिफारिस बमोजिम निजामति सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरेको पनि बताए ।

त्यस्तै सरकारले बेल्जियमको राजधानी ब्रसेल्समा वि.सं. २०७९ जेठ १८ देखि १९ सम्म आयोजना हुने ग्लोबल समिट २०२२, टर्निङ द टाइट अन चाइल्ड सेक्सुअल अब्युज अनलाइन कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

उनका अनुसार सरकारले नेपाल बैंक लिमिटेडको स्वामित्वमा सुर्खेत जिल्लामा रहेको जग्गा नेपाल राष्ट्र बैंकलाई लिजमा दिन स्वीकृत दिने, गणतन्त्र दिवस २०७९ को अवसरमा उमाकान्त पराजुलीसमेत १६ जना व्यक्तिहरुको सजाय माफी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रवक्ता कार्कीले नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई युनिफिल, लेबनान र युएनडफ सिरिया तथा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकामा भ्रमण जान स्वीकृत दिने, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा प्रकाश बहादुर श्रेष्ठलाई मनोनयन गर्ने निर्णय भएको बताए ।

प्रवक्ता कार्कीले सुरक्षण मुद्रण विकास समिति गठन तेस्रो संशोधन आदेश २०७९ को दफा ६ को उपदफा ३ क बमोजिम सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलको पदावधि एक पटकको लागि थप गर्ने निर्णय भएको बताए । त्यस्तै परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा पदाधिकारी रहेका प्रमुख कन्सलटेन्ट अब्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजिस्ट डा. जागेश्वर शर्मा गौतमले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय भएको बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।