अर्थ

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्तालिन आग्रह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्नेदेखि वर्षायाममा विपद् व्यवस्थापनसम्मको विषय उठेका छन् । यस्तै शून्य समयमा नागरिकता विधेयक पास गर्नुपर्ने माग पनि उठेको छ ।

लोक कल्याणकारी विज्ञापन

सत्तारुढ दल नेकपा माओवादीका प्रमुख सचेतक देव गुरुङले नेपाल आयल निगमले पेट्रोलियम पदार्थले निरन्तर बढाएको मूल्य अविलम्व फिर्ता लिएर सरकारले पेट्रोलियम पदार्थको विकल्प दिनुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् । यस्तै उनले वर्षाका कारण भत्किएका सडकहरु सडक विभागले तत्काल मर्मत गनुपर्नेमा जोड दिए ।

लोक कल्याणकारी विज्ञापन

एमाले सांसद नवराज सिलवालले पेट्रोलियम पदार्थमा २१ रुपैयाँले वृद्धि गरेर जनताको दैनिकीमाथि सरकारले मजाक गरेको टिप्पणी गरे ।

बिज्ञापन

सांसद दामोदर भण्डारीले पेट्रोलियम पदार्थको मूल्य छोटो समयमा चारपटक वृद्धि भएको भन्दै महंगी र मूल्यवृद्धिको मारमा जनताले मार खेप्नुपरेको बताए । उनले सरकार भने करको दरमा परिवर्तन गरेर व्यापारीसँग सेटिङमा लागेको आरोप लगाए ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन