पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्तालिन आग्रह

काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्नेदेखि वर्षायाममा विपद् व्यवस्थापनसम्मको विषय उठेका छन् । यस्तै शून्य समयमा नागरिकता विधेयक पास गर्नुपर्ने माग पनि उठेको छ ।
सत्तारुढ दल नेकपा माओवादीका प्रमुख सचेतक देव गुरुङले नेपाल आयल निगमले पेट्रोलियम पदार्थले निरन्तर बढाएको मूल्य अविलम्व फिर्ता लिएर सरकारले पेट्रोलियम पदार्थको विकल्प दिनुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् । यस्तै उनले वर्षाका कारण भत्किएका सडकहरु सडक विभागले तत्काल मर्मत गनुपर्नेमा जोड दिए ।

एमाले सांसद नवराज सिलवालले पेट्रोलियम पदार्थमा २१ रुपैयाँले वृद्धि गरेर जनताको दैनिकीमाथि सरकारले मजाक गरेको टिप्पणी गरे ।
सांसद दामोदर भण्डारीले पेट्रोलियम पदार्थको मूल्य छोटो समयमा चारपटक वृद्धि भएको भन्दै महंगी र मूल्यवृद्धिको मारमा जनताले मार खेप्नुपरेको बताए । उनले सरकार भने करको दरमा परिवर्तन गरेर व्यापारीसँग सेटिङमा लागेको आरोप लगाए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
