बिश्व

पाकिस्तानमा बाढीका कारण ५७ जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं। पाकिस्तानमा भारी वर्षा र बाढीका कारण हालसम्म ५७ जनाको मृत्यु छ। जसमा अधिकांश बालबालिका र महिला रहेका छन्। गत सातादेखि जारी भारी वर्षाका कारण हजारौं विस्थापित भएका छन्। पाकिस्तानको बलुचिस्तान क्षेत्र बाढीको चपेटामा पर्दा त्यहाँका सयौं नागरिक घरबारबिहीन बनेका छन्।

भारी वर्षाले पाकिस्तानका ८ वटा ड्याम भत्केका छन्। बलुचिस्तानमा सयौं घर डुबानमा पर्नुका साथै त्यतिकै संख्यामा सवारीसाधन डुबेका छन्।बाढीका कारण हवाई सेवा अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका छन्। बाढीकै कारण पाकिस्तानमा सम्पूर्ण विद्यालय र कलेजहरु केही समयका लागि बन्द गरिएका छन्।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।