लागुऔषध सहित कञ्चनपुरबाट देवर–भाउजू पक्राउ

कञ्चनपुर कञ्चनपुरमा प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ। शनिवार जिल्लाको भीमदत्त नगरपालिका–१८ बाट १८ वर्षीय दिपक दमाई र आरती दमाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
त्यसै ठाउँका विनोद दमाईको घरमा खानतलासी गर्दा उनकी श्रीमती आरती बस्ने कोठामा ०.८३ ग्राम खैरो हेरोइन र उनका देवर नाता पर्ने दिपकको साथबाट १.५ ग्राम खैरो हेरोइन प्रहरीले बरामद गरेको थियो। लागुऔषध फेला परेपछि दुवैलाई नियन्त्रणमा लिइ कानून बमोजिम थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
