विराटनगरको नाङ्लो रेस्टुरेन्टमा भीषण आगलागी

विराटनगर । विराटनगर महानगरपालिका–२ स्थित नाङ्लो रेस्टुरेन्टमा भीषण आगलागी भएको छ । आगलागीबाट रेस्टुरेन्ट पूर्णरूपमा जलेर खरानी भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आगलागीबाट रेस्टरेन्टको पूरै संरचना जलेर नष्ट भएको छ ।
अचानक बिहीबार दिउँसो सुरु भएको आगलागी विराटनगर महानगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका छन् । रेस्टरेन्टका सञ्चालक ईश्वर बास्कोटले कसरी आगलागी सुरु भएको भन्ने खुल्न नसकेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी राजन कार्कीले आगलागी नियन्त्रणमा आएको जानकारी दिँदै क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए । रेस्टरेन्टमा भएको होटलको ग्यास सिलिन्डरको पाइपबाट ग्यास चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
