राष्ट्रिय समाचार

गभर्नरविरुद्ध अख्तियारमा उजुरी, तत्काल बर्खास्त गरेर कारबाही गर्न माग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

नेकपा (माओवादी केन्द्र)निकट युवा संगठन योङ कम्युनिष्ट लीग (वाइसीएल)का संयोजक सुमन देवकोटाले गभर्नर अधिकारीविरुद्ध बिहीवार अख्तियारमा उजुरी दिएका हुन् । 

बिज्ञापन

वाइसीएलले गभर्नर अधिकारी एम अधिकारीको नामबाट एमाले राजनीतिमा सक्रिय रहेको,  राजनीतिक दलको सदस्य वा पदाधिकारीमै बसेको भन्दै उनीविरुद्ध छानबिनको लागि अख्तियारमा उजुरी दिएको छ । 

गभर्नर अधिकारी नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ ‘क’ विपरीत राजनीति दलको सदस्य वा पदाधिकारी हुँदा राष्ट्र बैंकको स्वायत्तता, गभर्नरको जवाफदेहिता र नैतिकताको संवेदशीलतामाथि प्रश्न उठेको उल्लेख छ ।

गभर्नरको यस्तो कार्यले राज्यलाई गम्भिर हानी नोक्सानी पुग्ने खतरा भएकोले उनीमाथि छानबिन गरी बर्खास्त गर्नुपर्ने मागसहित भ्रष्टाचार कसूरमा कारबाही गर्न माग गर्दै वाइसीएलले उजुरी दर्ता गरेको जानकारी दिएको छ । 

वाइसीएलले अख्तियारमा दर्ता गराएको उजुरीमा अधिकारीले झुठा प्रमाणपत्र पेश गरेर राष्ट्र बैंकको गभर्नर भएको, उनले भ्रष्टाचारजन्य कसूर गरेको, स्नातकोत्तर तह नै उत्तीर्ण नगरी राष्ट्र बैैंक ऐनविपरीत गभर्नर भएको, एमालेको अर्थ विभागको सदस्यमा रहेको र आगामी आवको मौद्रिक नीतिको तयारीका लागि स्वार्थ बाँझिने गरी काम गरेकोले आवश्यक छानबिन गर्न वाइसीएलले माग गरेको छ ।

वाइसीएलले गभर्नर अधिकारीलाई तत्काल बर्खास्त गरेर भ्रष्टाचारको कसूरमा कारबाही गर्न माग गर्दै आवश्यक प्रमाणसहित उजुरी दिएको जानकारी दिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।