राष्ट्रिय समाचार

भजनी नगरपालिकाको अस्थायी र करारका कर्मचारी काममा नआउन आदेश

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भजनी । कैलालीको भजनी नगरपालिकाले अस्थायी र करार कर्मचारीलाई काम गर्ने कर्मचारीलाई कार्यालयमा उपस्थित नहुन आदेश दिएको छ । नगरपालिकाले २९ गते (बुधबार) एक सूचना जारी गर्दै अस्थायी र करार कर्मचारीहरुलाई पत्र प्राप्त नभए सम्म रोक लगाएको हो। 

नगरपालिकाले अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई श्रावण १ गतेबाट काममा नआउन आदेशसमेत दिएको छ। नगरपालिकाले जारी गरेको सूचनामा श्रावण १ गतेबाट अस्थायी, करार तथा दैनिक ज्यालादारी कार्यरत कर्मचारीलाई काममा नआउन भनिएको छ।

बिज्ञापन

सूचनामा थपिएको छ, ‘यस नगरपालिकाका अन्तरगतका सम्पूर्ण कार्यालयहरुमा कार्यरत कर्मचारीहरूलाई आगामी आर्थिक वर्ष २०७९-०८० श्रावण १ गते देखी म्याद थप भएको पत्र प्राप्त नहुँदा सम्म कार्यालयमा हाजिर नगर्न नगराउन जानकारी गराइन्छ।’ 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।