राजनीति

माओवादी अध्यक्ष प्रचण्ड भोलि भारत भ्रमणमा जाने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका छन्। 

अध्यक्ष प्रचण्डको सचिवालयले भारतको एक  राजनीतिक कार्यक्रममा भोलि त्यसतर्फ जान लागेको जानकारी दिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओको नेपाल भ्रमण लगत्तै अध्यक्ष प्रचण्डको भारत भ्रमण हुन लागेको हो।

बिज्ञापन

उनको भ्रमण आकस्मिक नभएको सचिवलायले जनाएको छ। तर वाम एकताका लागि जोड दिएको चिनियाँ टोलीको भ्रमण लगत्तै अध्यक्ष भारत भ्रमणमा जानुलाई महत्वका साथ हेरिएको छ।

व्यक्तिगत भ्रमण भनिए पनि उनले भारतका कतिपय राजनीतिक व्यक्ति एवं गुप्तचर निकायका उच्च व्यक्तिहरुसँग भेटवार्ता गर्ने स्रोतको दाबी छ। यद्यपी उनले भारतमा गर्ने भेटघाटलाई गोप्य राखिएको छ। 

प्रचण्डको केही समयदेखि भारतसँगको सम्बन्धमा तिक्तता आएको बताइन्छ। उनले भारतको सत्ताधारी पार्टीसँग आफ्नो पार्टी र व्यक्तिगत सम्बन्ध पुनर्स्थापना गर्न प्रयास गरिरहेका छन्। 

नेपालका लागि भारतीय नवनियुक्त नवीन श्रीवास्तवले प्रचण्डलाई खुमलटारमा  दुई पटक भेट भइसकेको छ। सत्ताधारी पाँच दलमा दरार आइरहँदा प्रधानमन्त्री पत्नी आरजु देउवा भारत भ्रमणमा नै छन्। उनी चिनियाँ पाहुना आएकै दिन भारततर्फ गएकी छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।