टीकापुरविकास

११करोड ३६ लाखमा निर्माण भएको अत्याधुनिक बसपार्क आजबाट सुचारु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली जिल्लाको टीकापुर नगरपालीकामा ११ करोड ३६ लाखमा निर्माण भएको सुदुरपश्चिम प्रदेशकै अत्याधुनिक नमुना बसपार्क आजबाट सुचारु भएको छ।

टीकापुर नगरपालिका वडा नम्बर १मा रहेको बसपार्कको आइतबार बिहान नगर प्रमुख रामलाल डगौरा थारुले रेबन काटेर उद्घाटन गर्नुभएको छ।

बिज्ञापन

निर्माण कम्पनीले नगरपालिका लाई हस्तान्तरण गरेको करिब १ बर्ष भैसकेको भएपनि बसपार्कको दोस्रो चरणको भित्री तथा बाहिरीकाम भैरहेको हुनाले संचालनमा ढिलाइ भएको इन्जिनियर नवराज जोशीले मालीका समाचार लाई बताए जोशीका अनुसार साना सवारी साधन इ-रिक्सा अटोरिक्सा सहित बसहरु पार्क गर्न मिल्ने विरुवा सहितको हरियाली ,बत्ति ,रेस्टुरेन्ट , टीकट काउटर ,पसल सटर सहित सौचालय ,लगायत को सुबिधा रहेको अत्याधुनिक बसपार्क सुदुर पश्चिम् प्रदेशमै पहिलो रहेको बताए ।

यसलाई संचालन र वयवस्थापन एउटै मोडल बाट अगाडि बढाउने भएकोले अमिक्षा कन्ट्रक्सनलाई तीन बर्षको लागी ५५लाख३८ हजार २ सय ५५ रुपिया ४३ पैसा मुल आयकर सहित ३ बर्षको लागी प्रतिस्पर्धात्मक प्रणाली बाट ठेक्कामा संचालन तथा वयवस्थापनको जिम्मेवारी दिएको हो।

प्रमुख टर्मिनल भवन हस्तान्तरण गरेको १ बर्ष भैसकेको भएपनि बसपार्कको दोस्रोचरण को काममा सार्वजनिक सौचालय ,मुख्य प्रवेश र निकास द्वार हरु ,गार्ड हाउस ,सडक संग जोडिएको ठाउँ ,फाइबर छाना भएको प्रतीक्षालय हरुकोकाम भैरहेकोले बसपार्क संचालनमा ल्याउन ढिलाइ भएको र उक्त काम सकिने बित्तिकै संचालन र वयवस्थापनको ठेक्का अगाडि बढाएर संचालनमा ल्याइएको छ।

समिक्षा कन्ट्रक्सनलाई हस्तान्तरण गरेको अवस्थामा यसमा जडान भएको हरेक बस्तुको जिम्मेवारी सम्बन्धित कम्पनीको रहेको र यसको सरसफाइ ,टुट फुट मेन्टेने,गरि तिन बर्ष पछि कम्पनीले जस्ताको तस्तै नगरपालिकालाई पुनः टेन्डरमा फर्काउनु पर्ने नगर उप प्रमुख खडक बहादुर शाहले बताए ।

बसपार्क उद्घाटन कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मंगल् बहादुर शाही लगायत स्थानीय सामाजिक अगुवा विभिन्न राजनीति पार्टी प्रतिनिधि बस व्यावसायि राजनीति ,ठेकादार कम्पनीका प्रतिनिधि पत्रकार लगायत स्थानीय हरुको उत्साह जनक उपस्थित रहेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।