राजनीति

मोदीले प्रचण्डलाई दिएनन् समय, भेट नगरी काठमाडौं फर्कदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट दिएनन् ।

गत शुक्रबार भारत भ्रमणमा गएका प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने बताइएको थियो । 

बिज्ञापन

तीन दिने भ्रमणको अवसरमा प्रचण्डले भारतीय विदेश सचिव, विदेश मन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार र भारतीय जनता पार्टीका अध्यक्षसँग भेटवार्ता गरेका छन् । 

प्रचण्ड आइतवार काठमाडौं फर्कनुअघि भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने बताइएको थियो । तर, अन्तिम समयसम्म पनि मोदीले प्रचण्डसँग भेटको लागि समय नदिएको बताइएको छ । 

प्रचण्ड मोदीसँग भेट नगरी काठमाडौं फर्कने तयारीमा रहेको बुझिएको छ । प्रचण्ड नेपाल एअरलाइन्सको दिउँसो ४ः२० बजेको दिल्ली–काठमाडौं उडानमा फर्कने कार्यक्रम रहेको उनको सचिवालयले बताएको छ । 

यद्यपि, भाजपाको पार्टी कार्यालयमा अध्यक्ष जेपी नाड्डासँग भेट गरी निस्किने क्रममा अध्यक्ष प्रचण्डले क्लाइमेक्स भेट बाँकी रहेको बताएका थिए । पत्रकारहरूले अबको भेट कोसँग छ भनी प्रश्न गर्दा ‘क्लाइमेक्स अझै बाँकी छ’ भन्ने जवाफ दिएका थिए । प्रचण्डको आशय मोदीसँगको भेट थियो । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।