स्वास्थ तथा सरसफाइ

कोरोनाले लियो थप एकजनाको ज्यान, १३५ जनामा नयाँ संक्रमण पुष्टि

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लामो समयपछि कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । कोरोना महामारीको तेस्रो लहर कम भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको थियो । 

लोक कल्याणकारी विज्ञापन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५३ पुगेको छ ।

लोक कल्याणकारी विज्ञापन

पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

बिज्ञापन

मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षणमा १३५ जनामा संक्रमण भएको हो । जसमध्ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको थियो । 

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन