कोरोनाले लियो थप एकजनाको ज्यान, १३५ जनामा नयाँ संक्रमण पुष्टि

लामो समयपछि कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । कोरोना महामारीको तेस्रो लहर कम भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षणमा १३५ जनामा संक्रमण भएको हो । जसमध्ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
