अनौठो

एकैदिन तीन महिनाको हाजिर गरेर तलब झ्वाम

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकामा एक इन्जिनियरले काम नगरी तलबभत्ता लिने गरेको पाइएको छ ।

रौतहट घर भएका शौरभ कुशवाहा बटेश्वर गाउँपालिकाका करार इन्जिनियर कहिल्यै कार्यालय आउने गरेका छैन । तर, तलबभत्ता भने बुझिरहेको एक कर्मचारीले बताए ।

बिज्ञापन

पछिल्लो पटक इन्जिनियर कुशवाहा एकैदिन तीन महिनाको हाजिर गरेर तलबभत्ता बुझेका छन् । प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले इन्जिनियर कुशवाहालाई एकैदिन तीन महिनाको हाजिर गराएर तलबभत्ता खुवाएको एक कर्मचारीले बताए ।

गाउँपालिका अध्यक्ष रामअशिष महतोले पनि इन्जिनियर कुशवाहा तलबभत्ता बुझेको पुष्टि गरेका छन् ।

उनले भने, ‘इन्जिनियर कुशवाहा करारमा कार्यरत छन् । तर, आफू निर्वाचित भएदेखि उनलाई कार्यालयमा कहिल्यै देखेको छैन । हालसालै रजिष्टरमा तीन महिनाको हाजिरी गरेको देखिएको छ ।’

प्रमुख प्रशासकीय अधिकृत जोशीले भने इन्जिनियर कुशवाहाले कार्यालय नआई तलबभत्ता बुझ्ने गरेको विषयमा केही बोल्न चाहेनन् । लेखा अधिकृत सुमन पुरीले इन्जिनियर कुशवाहा फिल्डमा काम गर्ने गरेकाले तलब खुवाउने गरेको जिकिर गरे ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।