घटना

भिसा नवीकरण गर्न फर्जी कागजपत्र पेश गर्ने ४ नेपाली टोकियोबाट पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टोकियो । कामै नगरिरहेको रेष्टुरेन्टमा काम गरिरहेको कागजपत्र पेश गरेर भिसा नवीकरण गरेको भन्दै जापान प्रहरीले ४ जना नेपालीलाई नियन्त्रणमा लिएको छ ।

जापानमा सञ्चारमाध्यमहरुले प्रकाशन गरेको समाचारअनुसार ४३ वर्षीय बहादुर भुजेल भन्ने व्यक्तिले झूटा विवरणहरु पेश गरी भिसा नवीकरण गर्ने गरेको भन्दै उनीसहित ४ जनालाई प्रहरीले टोकियोबाट नियन्त्रमा लिएको हो ।

बिज्ञापन

समाचारअनुसार भुजेल भिसा नवीकरणसम्बन्धी कागजपत्र तयार गर्ने व्यक्ति र अरु भिसा नवीकरण गर्नेहरु हुन् । भुजेलले अघिल्लो वर्षमात्रै १०० जनाभन्दा बढीको यसरी नै झूटा कागजपत्र पेश गरी भिसा नवीकरणलगायतका काम गरेको समाचारमा उल्लेख छ ।

उनले यो कार्य गरेवापत प्रतिव्यक्ति २ लाख लिने गरेको र यस्तै अवैध ढंगले २ करोडभन्दा बढी आम्दानी गरेको भन्दै दोहोरो छानबिन भैरहेको प्रहरीले जनाएको छ । फर्जी कागजपत्र पेश गरेको र कर छली गरेको विषयमा गहिरो छानबिन हुने समाचारमा उल्लेख छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।