पूर्वअर्थमन्त्री छानबिन गर्न गठित समितिको म्याद ७ दिन थप
बिज्ञापन
काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन गरिएको संसदीय समितिको म्याद सात दिन थप गरिएको छ ।
बिज्ञापन
तोकिएको १० दिनभित्र समितिले काम सम्पन्न गर्न नसकेपछि म्याद थपिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा समितिबाट सिफारिस भएर आएअनुसार ७ दिन म्याद थप्न प्रस्ताव गरेका थिए ।
उनको प्रस्तावलाई सदनले अनुमोदन गरेको छ ।
बिज्ञापन